Rumpum Advertisement
Dazzu

फिल्म ‘आर्या’को ‘हाम्रो धर्ती’ गीत सार्वजनिक (भिडियोसहित)

फिल्म ‘आर्या’को ‘हाम्रो धर्ती’ गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, ३ मंसिर । फिल्म ‘आर्या’मा समावेश ‘हाम्रो धर्ती’ बोलको गीत सार्वजनिक भएको छ ।

लक्ष्मण सिटौलाको शब्द, राम सिटौलाको संगीत रहेको गीतमा गायिका मेलिना राईले स्वर दिएकी हुन् । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मको मुख्य नायिका शिल्पा पोखरेललाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ ।

गीतको छायांकन पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै चर्चित मानिएको मानुङ डाँडामा गरिएको हो । उपेन्द्र तिमिल्सिनाको निर्देशनमा तयार भएको फिल्ममा शिल्पाको साथमा नायक अनुपविक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशील पोखरेल, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

तिमिल्सिना फिल्म प्रोडक्सनको निर्माणमा तयार भएको फिल्म लकडाउनका कारण प्रदर्शन हुन पाएको थिएन । अब भने फिल्मको निर्माण पक्षले प्रचारप्रसार सुरु गरेको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने फिल्ममा कुमार महर्जनको एक्सन रहेको छ ।