Rumpum Advertisement
Dazzu

पेरुमाथि जित निकालेपछि मेस्सीले भने : अर्जेन्टिना बलियो हुँदैछ

पेरुमाथि जित निकालेपछि मेस्सीले भने : अर्जेन्टिना बलियो हुँदैछ

विराटनगर, ३ मंसिर । विश्वकप छनौटअन्तर्गत पेरुमाथि जित निकालेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अर्जेन्टिना बलियो हुँदैगएको प्रतिक्रिया दिएका छन् । बुधबार बिहान पेरुविरुद्ध कमब्याक जित निकालेपछि बोल्दै मेस्सीले अर्जेन्टिना बलियो बन्दै गएको बताएका हुन् ।

विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत अर्जेन्टिनाले पेरुमाथि २–० गोलको कमब्याक जित निकालेको हो । आज बिहान पेरुको मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे ।

खेलपछि बोल्दै मेस्सीले भने, ‘जितले खुशी भएको छु । अघिल्लो खेलमा सुखद नतिजा नभएका कारण हामीलाई यसको जरुरी पनि थियो । सुरुआतदेखि नै हामीले राम्रो खेल खेलिरकेका छाैं । धेरै–धेरै अवसर सिजर्नना गर्दा मात्र गोल भएका थिए ।’

‘अघिल्ला खेलहरूका दोस्राे हाफ राम्रै थिए’, उनले भने, ‘मलाई लाग्छ अब हामी यसै लाइनलाई निरन्तरता दिनेछौं र अलिकति स्तर पनि उकास्नेछौं । समूच चरणमा थोरैभन्दा थोरै हामी बलियो हुँदैछौं ।’

पेरुविरुद्धको खेल मेस्सीका लागि १४२औं अन्तर्राष्ट्रिय खेल थियो । यससँगै उनले ब्राजिलका लिजेन्ड काफुको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पाँचौं दक्षिण अमेरिकी खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीले अर्जेन्टिनाबाट उत्कृष्ट गर्ने आफ्नो चाहना रहेको बताए । ‘म यहाँ उत्कृष्ट दिने प्रयासका साथ आएको हुँ र अर्जेन्टिनालाई छनौट गराउन संघर्ष गरिरहेको छु । मैले खेल संख्या जोडेर र यहाँबाट निरन्तरता दिएर राम्रो महशूस गरिरहेको छु ।’