Rumpum Advertisement
Dazzu

इतिहासमै पहिलो पटक बिहारको मन्त्रालयमा मुस्लिम समुदायको प्रतिनिधि शून्य

इतिहासमै पहिलो पटक बिहारको मन्त्रालयमा मुस्लिम समुदायको प्रतिनिधि शून्य

विराटनगर, ३ कात्तिक । बिहारकाे मन्त्रीमण्डलमा पहिलाे पटक मुस्लिम समुदायकाे प्रतिनिधित्व शून्य भएकाे छ ।

स्वतन्त्रतापश्चात बिहार विधानसभाको इतिहासमा पहिलो पटक मन्त्रिमण्डलको बैठकमा मुस्लिम समुदायको प्रतिनिधि बञ्चित भएका हुन ।

१७ औं बिहार विधानसभाको बैठक नोभेम्बर २३ मा बस्दैछ । सो बैठकमा अल्पसंख्यक मुस्लिम समुदायका कुनै पनि सदस्यको उपस्थिति रहने छैन ।

बिहारका पहिलो मुख्यमन्त्री श्रीकृष्णा सिन्हादेखि नितिसकुमार आफैंले नेतृत्व गरेको सरकारमा कम्तिमा एक वा सोभन्दा बढी मुस्लिम समुदायबाट मन्त्री रहेका थिए ।

यसबाहेक, नितिशको नेतृत्वमा रहेको बीजेपी–जेडीयुको अघिल्लो तीन गठबन्धन सरकारमा पनि मुल्लिम समुदायको प्रतिनिधित्व थियो । जसमा जेडीयुका खुर्शिद उर्फ फिरोज अहमद अल्पसंख्यक कल्याण मन्त्रीका रुपमा रहेका थिए ।

केही वरिष्ठ जेडीयू नेताहरुका अनुसार मुख्यमन्त्री नितिसकुमारले यस पटक मुस्लिम समुदायबाट कुनै पनि मन्त्री नियुक्त गरेनन् किनभने मुख्यतया अल्पसंख्यक समुदायका कुनै पनि विधायकहरुले जेडीयु, बीजेपी, एचएएम र भीआईपीको गठबन्धनबाट विधानसभा चुनाब जित्न सकेनन् ।

भर्खर सम्पन्न भएको निर्वाचनमा बीजेपी, एचएएम र भीईपीका कुनै पनि दलले मुस्लिम समुदायका उम्मेदवारलाई मैदानमा उतारेका थिएनन् । तर नितिसले नेतृत्व गरेको गठबन्धनको जेडीयुले ११५ उम्मेदवारमध्ये १५ जनालाई मात्र उम्मेदवारी दिएका थिए । ती उम्मेदवारमध्ये ६ जनालाई मुस्लिम बाहुल्यता भएको सिमाञ्चल क्षेत्रमा उतारिएको थियो, जहाँ एआईएमआईएमका असुदिन अवसीले ५ सिटमा विजय हासिल गरेका थिए ।

२०१५ मा गठन भएको १६ औं विधानसभामा मुस्लिम विधायकको संख्या २४ बाट घटेर १९ पुगेको थियो । बिहार राज्यमा मुस्लिमसमेत गरी १८ प्रतिशत अल्पसंख्यकहरुको बसोबास रहेको छ जसमा मुस्लिमहरुको मात्र १७ प्रतिशत जनसंख्या रहेको छ ।

नितिसकुमारले नेतृत्व गरेको मन्त्रिमण्डलमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नहनु दुर्भाग्यको कुरा भएकाे कांग्रसका नेता हार्कु झाले बताएका छन् ।

बिहार राज्य अल्पसंख्यक प्रमुख तनवीर अख्तरले विगत १५ वर्षमा नितिसकुमार नेतृत्वमा सरकारले मुस्लिम समुदायको विकास र प्रगतिका लागि धेरै कामहरु भएकाे बताए । उनले भने, ‘ नितिसकुमारले नेतृत्व गरको गठबन्धनबाट ११ जना उम्मेदवारहरुलाई मैदानमा उतार्दा पनि मुस्लिम समुदायले सहयोग गरेनन् । मुस्लिम समुदायले जेडीयूप्रति पक्षपात गरे । अब म नितिसजीलाई मुस्लिम समुदायका लागि अनुरोध गर्नसक्ने स्थानमा छैन । मुस्लिमहरु आफैंले यो अवस्था सिर्जना गरेको हो, जसका कारणले मन्त्रिमण्डलमा उनीहरुको कुनै उपस्थिति हुने छैन ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ