Rumpum Advertisement
Dazzu

थाइल्यान्डको बैङ्ककमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ४१ जना घाइते

थाइल्यान्डको बैङ्ककमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ४१ जना घाइते

विराटनगर, ३ कात्तिक । थाइल्यान्डको राजधानी बैङ्ककमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४१ जना घाइते भएका छन् । मंगलबारका दिन सांसदहरुले संविधानमा सम्भावित परिवर्तनको विषयमा बहस गरिरहेका थिए, सोही बैठकमा दबाब दिनका लागि प्रदर्शनकारीहरु संसद भवनअघि पुग्ने प्रयास गरिरहेका थिए ।

प्रदर्शनकारीहरुले प्रहरीहरुमाथि धुँवा र रङको फोहरा फालिरहेको थिए, यसको प्रतिकारस्वरुप प्रहरीले पानीको फोहरा र आँसु ग्यासद्वारा प्रतिकार गरे । संविधानमा केही परिवर्तन ल्याउनका लागि राखिएको प्रस्ताव नै महिनौदेखि चलेको आन्दोलनको मुख्य माग हो ।

सुधारिएको राजतन्त्र र प्रधानमन्त्री प्रुथ चान ओचलको बर्हिगमनका लागि आन्दोलनलाई अघि बढाइएको छ । उनी प्रधानमन्त्री हुनुअघि सेनाध्यक्षको रुपमा २०१० देखि २०१४ सम्म आफ्नो जिम्मेवारी वहन गरेका थिए । पछि आएर प्रधानमन्त्री चान ओचले आफ्नो शक्तिको प्रयोग गर्दै २०१४ सत्ता कब्जा गरेका थिए ।

उनी सेनाध्यक्षको रुपमा रहँदा तत्कालीन प्रधानमन्त्री थाक्सिन शिनावात्रको विपक्षी र राजतन्त्रको पक्षधररुपमा चिनिएका थिए । उनले सत्ता कब्जा गरेपश्चात अन्तरिम संविधान जारी गरेर आफूलाई शक्तिशाली बनाए ।

सत्ता कब्जा गरेपश्चात वैधानिक नेतृत्वको अभाव त्यहाँका जनताहरुले गर्न थाले । मार्च २०१९ मा त्यहाँका युवावर्गहरुले वैधानिक नेतृत्वका लागि निर्वाचन हुने अपेक्षा गरेका थिए । यस निर्वाचनबाट केही परिवर्तन आउने आशाका साथ सबैले प्रतिक्षा गरिरहेका थिए । तर त्यहाँका सेनाले राजनीतिक भूमिका निभाउन सक्रिय भूमिका खेल्न थाल्यो, जसले गर्दा प्रुथ चान ओच पुनः प्रधानमन्त्रीको रुपमा स्थापित भए । त्यसपछि उनले गरेका निर्णय र कार्यशैलीप्रति त्यहाँको जनताको आक्रोस बढ्दै आयो ।

थाइल्यान्डको राजनीतिक अस्थीरता र विरोधको लामो इतिहास छ, तर फेब्रुअरीमा अदालतले भर्खरै स्थापना भएको प्रजातन्त्र समर्थक विपक्षी पार्टीलाई विघटन गर्न आदेश दिएपछि नयाँ लहर सुरु भयो । प्रजातन्त्र समर्थक प्रमुख वानचेलेरम सत्सक्षित कम्बोडियामा बेपत्ता पारिएपछि आन्दोलनले चर्को स्वरुप लिँदै गयो । उनी २०१४ देखि देशबाट निकालिएपश्चात निर्वासनको जीवन बिताइरहेका थिए ।

जब प्रदर्शनकारीहरुले राजसंस्थाको शक्तिको बारेमा प्रश्न गर्न थाले, यसले अर्कै स्वरुप लियो । तर यस कदमले जन्मदेखि नै राजतन्त्रलाई सम्मान र प्रेम गर्न सिकाइएको विरुद्ध देशभर तरंग फैलायो ।

तर आन्दोलनकारीहरुलाई अहिले यही डर छ कि उनीहरुले राखेका सबै मागहरुलाई रद्द गरिने छ । स्रोतका अनुसार सांसदहरुले बुधबार साँझसम्म प्रस्तावित परिवर्तनका मागहरुलाई स्वीकार गर्ने वा नगर्ने भन्नेबारेमा मतदान हुने अपेक्षा राखेका छन् । आन्दोलनकारीहरुका अनुसार, प्रस्तावित मागले थाइल्यान्डलको राजा महा वजिरलोङ्कर्नलाई अझ उत्तरदायी बनाउने छ र सदनलाई अझ सुधार गर्ने छ भन्ने तर्क रहेको छ ।

स्रोत : सीएनएन

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ