Rumpum Advertisement
Dazzu

नेकपा सचिवालय बैठक सुरू

नेकपा सचिवालय बैठक सुरू

काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ ।

गत कात्तिक २८ गते तोकिएको निर्धारित समयमा नै नेकपा सचिवालय बैठक सुरू भएको हो ।

बैठकको सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्ने बुझिएको छ भने त्यसपछि पुनः बैठक बस्ने गरी स्थगित गर्ने योजना रहेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठ लामो ‘राजनीतिक प्रस्ताव’ र ७ पेज लामो ‘जवाफी पत्र’का कारण नेकपाभित्र थप विवाद देखा परेको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्ति र कर्णाली प्रदेशको विवादले नेकपाभित्र थप किचलो उत्पन्न भएको छ ।

बैठकमा सचिवालयका सबै ९ सदस्यको उपस्थित छ ।