Rumpum Advertisement
Dazzu

कोभिड संक्रमण भएका बच्चामा देखिने लक्षण अन्यभन्दा फरक, यी हुन् धेरै देखिने तीन लक्षण

कोभिड संक्रमण भएका बच्चामा देखिने लक्षण अन्यभन्दा फरक, यी हुन् धेरै देखिने तीन लक्षण

विराटनगर, ३ मंसिर । बच्चामा हुने कोभिडको संक्रमण लक्षणको प्रस्तुति युवाको भन्दा थोरै फरक वा ढिला देखा पर्ने हुन्छ ।

बच्चामा संक्रमण कम गम्भीर हुने हुँदा वयस्क जनसंख्याको तुलनामा उनीहरूले कमजोर एन्टिबडी प्रतिक्रिया देखाउने कारण पनि हुन सक्छ । बच्चाहरूका लागि कोभिडको प्रभावकारी खोप अहिले नै प्रारम्भिकरूपमा उपलब्ध नहुन सक्छ र विद्यालय फेरि खुल्दा, बच्चालाई सुरक्षित राख्नु महत्वपूर्ण हुन्छ ।

किंग्स कलेज लन्डन, गाय्ज र सेन्ट थमस अस्पताल र डाटा–विज्ञान कम्पनी, जोई, को आधारमा बेलायतका अन्वेषकहरूको टोलीद्वारा गरिएको संयुक्त अध्ययनले कम्तिमा २०० संक्रमित बालबालिकाको व्यवहार र लक्षणहरूको अध्ययन गरेका थिए । एक तिहाइ बच्चाहरू एसिम्प्टोमेटिक थिए । अध्ययनको प्रमाणले एसिम्प्टोमेटिक बच्चाहरूले लामो समयसम्म (तीन हप्ताभन्दा बढी) भाइरस प्रशारण गर्न सक्ने देखाएको छ ।

युके आधारित अध्ययनले कोभिड संक्रमण भएका बच्चामा विशेषगरी ज्वरो, थकान र टाउको दुख्ने गरी तीन लक्षण देखा पर्छ । घाँटी दुखाइ वा खोकी, जुन एक सामान्य कोभिडको संकेत मानिन्छ, बच्चामा त्यति प्रचलित भने थिएन । भर्खरका केही अध्ययनले बच्चाले घाँटी दुख्ने, नाक बग्नेभन्दा पनि गन्ध र स्वादको हराउने रिपोर्ट गरेका छन् ।

अन्य लक्षणमा झाडापखाला, शरीर दुखाइ, भोक नलाग्नु पनि सामान्य थियो । संक्रमणका सम्भावित लक्षण पत्ता लगाउनु पर्ने अर्को लक्षण छालामा दाग र इन्फ्लेमेसन हुन सक्छन्, जसलाई ‘कोभिड टोज’ भनेर चिनिन्छ । यदि बच्चाले छालामा असामान्य रेशेस वा केही परिवर्तन विकास गर्छ भने यो कोभिडको लक्षण हुन सक्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ