Rumpum Advertisement
Dazzu

टाइप २ मधुमेह बिरामीले के खाने, के नखाने ?

टाइप २ मधुमेह बिरामीले के खाने, के नखाने ?

विराटनगर, ३ मंसिर । मधुमेह बिरामीका लागि उनीहरूको आहार छनौटहरूको ख्याल गर्नु धेरै महत्वपूर्ण हुन्छ ।

दैनिक खाइने खानाले रगतमा चिनीको मात्रा बढाएर लक्षण अझ गम्भीर बनाउन सक्ने हुँदा खानामा के खाने–नखाने कुरामा ध्यान दिन आवश्यक हुन्छ । तर प्रायः व्यक्तिहरू खाना छनौटमा अलमल्ल हुन्छन् । मधुमेह एक अवस्था हो जसले रगतमा चिनीको स्तरलाई अस्थीर बनाउँछ । यो एक लामो समयसम्म रहने स्वास्थ्य समस्या हो, तर सही जीवनशैली परिवर्तन र आहारको साथ यसलाई व्यवस्थित गर्न सकिन्छ ।

कम ग्लाइसेमिक इन्डेक्स भएको खानाले शरीरमा ग्लुकोजको स्तर बिस्तारै बढाउँदछ । बिहान खाना ग्लाइसेमिक इन्डेक्स कम भएको खानाको सेवनले रगतमा चिनीको मात्रा सजिलो प्रबन्ध गर्न मद्दत गर्छ । दलिया, मधुमेह रोगीका लागि स्वस्थ ब्रेकफास्ट विकल्प हुन् । त्यस्तै जामुन, मेथीको सेवनले रगतमा चिनीको स्तरलाई नियन्त्रित राख्न मद्दत गर्छ ।

खानुपर्ने फलफूल र तरकारीहरू : रगतमा चिनीको स्तर नियन्त्रणमा राख्ने हुँदा केही फलफूल र तरकारी मधुमेह रोगीले सेवन गर्न उत्तम हुन्छन् । काँक्रा, टमाटर, मूला, मेवा, नासपाती, खारबुजा, स्याउ, सुन्तला, कागती र लौका नियमित खानाको एक हिस्सा हुनुपर्छ ।

यी फलफूल र तरकारी खानबाट जोगिनुपर्छ : रगतमा चिनीको स्तर बढाउन सक्ने हुँदा केही तरकारी र फलहरू पूर्णरूपमा मधुमेह बिरामीले खानबाट जोगिनु पर्छ । आलु, गुलियो आलु, ज्याकफ्रुट, आँप, अंगुर, खजुर, केरा, बीटरूट र गाँजर केही प्राकृतिक उत्पादन हुन् जुन सीमित मात्रामा खानुपर्छ वा सकेसम्म त्याग्नुपर्छ ।

मधुमेह बिरामीका लागि रगतमा चिनीको मात्रा कायम राख्न समय–समयमा ठिक्क मात्रामा खानु महत्वपूर्ण हुन्छ । अनियमित खाना खाने समयले हाइपोग्लाइसिमिया वा हाइपरग्लाइसिमिया निम्त्याउँछ, ती दुबैले स्वास्थ्य जोखिम पु¥याउँछ । त्यसैले खानाको समय निर्धारण महत्वपूर्ण छ ।