Rumpum Advertisement
Dazzu

नेपालको एकदिवसीय मान्यता थप एक वर्ष लम्बियो

नेपालको एकदिवसीय मान्यता थप एक वर्ष लम्बियो

विराटनगर, ३ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्षको लागि थप गरेको छ । कोरोना भाइरसको महामारीको कारण आईसीसीले चार वर्षको एकदिवसीय मान्यतालाई एक वर्ष थप गरेको हो ।

बुधबार भएको नेपाल क्रिकेट संघ (क्यान) को पहिलो वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता एक वर्ष लम्बाएको जानकारी दिए ।

चन्दका अनुसार आईसीसीले नेपालको मान्यता सन् २०२३ को मार्चसम्म लम्बाएको हो । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो ।

जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

४ वर्षका लागि प्राप्त गरेको मान्यता २०२२ मार्चमा समाप्त हुने थियो । तर एक बर्ष मान्यता थपिँदा नेपाल २०२३ सम्म ओडीआई मान्यता प्राप्त देश हुनेछ ।

विश्वकप छनोटअन्तर्गतको नेपालले खेलिरहेको क्रिकेट विश्वकप लिग २ समेत कोरोनाको कारण स्थगित भएको कारण मान्यता थप गरिएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ