Rumpum Advertisement
Dazzu

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडौं, ३ मंसिर । तिहार सकिएसँगै सुनको मूल्य पनि थोरै सस्तो भएको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ