Rumpum Advertisement
Dazzu

कोभिडले उत्पन्न गर्ने टाउको दुखाइ कसरी पत्ता लगाउने ?

कोभिडले उत्पन्न गर्ने टाउको दुखाइ कसरी पत्ता लगाउने ?

विराटनगर, ३ मंसिर । कोभिड १९ को अन्य सबै सामान्य र क्लासिक लक्षणमध्ये, टाउको दुखाइ पनि कोरोना भाइरसको कम सम्भावित लक्षण हुन सक्छ ।

तर, एक सामान्य टाउको दुखाइ र एक कोभिड १९ ले प्रेरित टाउको दुखाइ दुबैबीच भिन्नता पहिचान गर्न कठिनाइ सामना हुन सक्छ । डायबिटिज र मेटाबोलिक सिन्ड्रोमः क्लिनिकल रिसर्च र समीक्षा पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार, टाउकोको दुखाइ ज्वरो, खोकी, माशंपेशीको दुखाइ, गन्ध र स्वाद हराउनेपछि सबैभन्दा सामान्य कोभिड १९ लक्षणको रूपमा चिनिन्छ ।

अध्ययनले कोभिड संक्रमित बिरामीमा ६.५ प्रतिशतदेखि ५३ प्रतिशतमा टाउको दुख्ने समस्या भएको उल्लेख गरेको छ । एक सामान्य टाउको दुखाइ र कोभिडको कारणले हुने टाउको दुखाइ एउटै जस्तो महसुस हुन सक्छ । तर, भाइरसको कारण हुने टाउको दुखाइका हल्का प्रभाव भएदेखि अचानक स्वास्थ्यमा हुने प्रभावमा अचानक बढ्न सक्छ ।

यसबाहेक, सामान्य दुखाइ कम गर्ने विधि तथा अन्य उपचारहरूको सहारा लिइकन पनि टाउको दुखाइ कम हुन सक्छ । अनुसन्धानले कोभिडको संक्रमणमा फोक्समा संक्रमण हुने कारण गम्भीर श्वासप्रश्वासका रोग देखिएको हुँदा टाउको दुख्ने लक्षणलाई बेवास्ता गरिन्छ । तर टाउको दुख्ने लक्षणलाई क्लिनिकल विवरणको हिसाबले हल्का ठानिँदैन ।

सामान्य चिसो तथा माइग्रेनले निम्त्याएको सामान्य टाउको दुखाइ र कोभिडका कारणले उत्पन्न गर्ने टाउको दुखाइबीचको भिन्नता बुझ्न अत्यन्त गाह्रो हुन सक्छ । यसबेला चिकित्सकसँग सुझाव लिनु पर्छ । यदि टाउको दुखाइको साथ कोरोना भाइरसका कुनै अन्य लक्षण देखापरे भाइरसको संक्रमण भएको हो वा होइन भनेर पक्का गर्नु पर्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ