Rumpum Advertisement
Dazzu

जलवायु परिवर्तन कोभिडभन्दा ठूलो खतरा : रेडक्रस

जलवायु परिवर्तन कोभिडभन्दा ठूलो खतरा : रेडक्रस

विराटनगर, ३ मंसिर । विश्वलाई कोभिड–१९ संक्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले चेतावनी दिएको छ ।

रेडक्रस सोसाइटीका अनुसार विश्वले जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस महामारीलाई जस्तै महत्व दिएर काम गर्नु पर्छ । रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा अहिले कोरोना भाइरसको महामारी भए पनि जलवायु परिवर्तनले पार्ने प्रभाव नरोकिएको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्चमा कोभिड–१९ का कारण विश्वव्यापी महामारीको घोषणा गरेको थियो । सन् १९६० पछि विश्वव्यापी विनासका करिब एक सय घटनाहरू भएका र तीमध्ये धेरै जलवायु परिवर्तनसँग सम्बन्धित रहेको बताइएको छ । ती विनासका कारण करिब पाँच करोड मानिस प्रभावित बनेका छन् ।

आईएफआरसीका महासचिब जागन चापागाईंले हाल कोभिड–१९ को महामारीले विश्व आक्रान्त बनेको छ । यस समस्याले हाम्रा परिवार तथा आफन्तहरूलाई प्रभावित तुल्याएको छ ।

आईएफआरसीका विज्ञहरूले जलवायु परिवर्तनका कारण मानव जीवन र पृथ्वीमा थप खतरनाक तथा दीर्घकालीन असर देखिने बताएका छन् ।

कोभिड–१९ को समस्यासँग जुझ्न एउटा वा धेरै खोप छिट्टै उपलब्ध हुने भए पनि जलवायु परिवर्तन नियन्त्रणका लागि खोप नभएको चापागाईं बताउँछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ