Rumpum Advertisement
Dazzu

ब्राउनसुगर र गाजाँसहित उर्लाबारीबाट नौंजना पक्राउ

ब्राउनसुगर र गाजाँसहित उर्लाबारीबाट नौंजना पक्राउ

विराटनगर, ३ मंसिर । प्रहरीले गाँजा र ब्राउन सुगरसहित उर्लाबारीबाट नौंजनालाई पक्राउ गरेको छ । मंगलबार राति १० बजे उर्लाबारी नगरपालिका–७ बस्ने छोमाई तामाङको घरबाट ब्राउन सुगर र गाँजा बिक्री गर्न पुगेका र सेवन गरिरहेका ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक युवती पनि छिन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ स्कुल डाँडाकी २१ वर्षीय ममता तामाङ, उर्लाबारी–७ बरगाछीका २४ वर्षीय मिनल याक्सो, उर्लाबारी–९ भोटेपुलका २८ वर्षीय आकाश लिम्बू, १९ वर्षीय असिम लिम्बू पक्राउ परेका छन् ।

त्यस्तै झापा दमक नगरपालिका–७ बजारलाइन बस्ने १९ वर्षीय शीशा सेख, दमक–४ का ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रुमपमान केदेम, रतुवामाई १० का १९ वर्षीय एन्जील मगर, रतुवामाई–९ का २५ वर्षीय मन्जील बस्नेत छन् ।

पक्राउ पर्नेहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलिग्राम, १८४ ग्राम गाँजा बरामद भएको छ । प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको को२६प १८५६, प्र–१–०१–०१२ प ६३१३, को३४प २६७, बा५३प १४२४, मे२प ५७७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ