Rumpum Advertisement
Dazzu

नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुटारमा बस्ने, मन्त्रीपरिषद बैठक एक घण्टा पछि सर्याे

नेकपा सचिवालय बैठक दिउँसो १ बजे बालुटारमा बस्ने, मन्त्रीपरिषद बैठक एक घण्टा पछि सर्याे

विराटनगर, ३ मंसिर । नेकपा सचिवालयको बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टी भित्रकाे विवादका कारण फुटको संघारमा पुगेको नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षबीचको विवाद उत्कर्षमा छ ।

विवादकाबीच गत शुक्रबार बसेकाे बैठकले बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको थियो । तर बैठक सार्नुपर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली छन् ।

पार्टी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी दिएका छन् । बैठककै समयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएपनि प्रवक्ता श्रेष्ठले सचिवालय बैठक नरोकिने उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारामा बस्दैछ’, प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक छल्न दिउँसो १ बजेका लागि नै मन्त्रीपरिषद बैठक बोलाएका थिए । तर बैठकबाट भाग्न खोजेको सन्देश गएपछि मन्त्रीपरिषद बैठक एक घण्टा पछि सारेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक बोलाउनुपर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री ओली भने सचिवालय बैठक स्थगित गर्नुपर्ने पक्षमा छन् ।