Rumpum Advertisement
Dazzu

राजेश पायलको ‘चङ्गा उडेझैं’ सार्वजनिक (भिडयोसहित)

राजेश पायलको ‘चङ्गा उडेझैं’ सार्वजनिक (भिडयोसहित)

विराटनगर, ३ मंसिर । नेपाली गीत संगीतको बजारमा राजेश पायल राई कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय थुप्रै गीतसँगै आधुनिक सुगम संगीतका लोकप्रिय गायक राजेश पायल राईको मार्मिक गीत ‘चङ्गा उडेझै’ सार्वजनिक भएको छ ।

भुवन बास्तोलाको शब्द रहेको मार्मिक गीतले एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उतारचढावबारे देखाइएको छ । पैसामा प्रेम खोज्ने एक युवती र चोखो मायाको बदलामा धोका पाएको एक गरिब युवकबीचको प्रेम सम्बन्धलाई भुवन बास्तोलाले गीतको शब्दमा कोरेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘चङ्गा उडेझैं’ गीतको म्युजिक भिडियोलाई शीरकुमार साम्पाङले निर्देशन गरेका हुन् । शीरले पछिल्लो समय बेस्ट सिनेमाट्रोग्राफी २०२० को अवार्ड पाएका थिए । एकदमै मार्मिक गीत चङ्गा उडेझैंको शब्द अनि म्युजिक भिडियो हेर्दा अहिलेको वास्तविक प्रेम घटनालाई चित्रण गरिएको देख्न सकिन्छ ।

भुवन बास्तोलाको शब्द र आरसी फुलाहाङको संगीत रहेको गीतमा भुवन, तेज, गिब्सोन, करिश्मा र गीता फिचर्ड छन् ।

https://www.youtube.com/watch?v=o_CAkW7p7RM&feature=youtu.be

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ