Rumpum Advertisement
Dazzu

आजबाट छठ पर्व सुरु

आजबाट छठ पर्व सुरु

विराटनगर, ३ मंसिर । आजबाट छठ पर्व सुरु भएको छ । पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ विधि गर्नेछन् ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न छठ पर्व मनाइन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् । यसलाई मिथिलामा ‘नहाय–खाय’ भनिन्छ ।

दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । यसलाई ‘खरना’ भनिन्छ ।

मुख्य दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ