Rumpum Advertisement
Dazzu

नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज

विराटनगर, ३ मंसिर । आन्तरिक कलहमा फसेको नेकपाको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार बसेको बैठकले बुधबारका लागि दाेस्राे बैठक बोलाएको थियो । दिउँसोे १ बजेका लागि बोलाइएको बैठक बस्ने नबस्ने टुंगो छैन् ।

दिउँसो १ बजे नेकपा बैठक बस्ने भनिएकाे समयमा प्रधानमन्त्री ओलीले त्यही समयमा मन्त्रिपरिषद बैठक पनि बोलाएका छन् ।

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गरेपछि नेकपा भित्र विवाद उत्कर्षमा पुगेको छ । प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरेपछि मात्र बैठक बस्नु पर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ।

प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यले बैठकमा प्रस्तावमाथि छलफल हुनुपर्ने बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ आज सचिवालय बैठक बस्ने पक्षमा छन् । अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सचिवालय बैठक सार्ने पक्षमा छन्।