Rumpum Advertisement
Dazzu

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर, ३ मंसिर । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम सामान्य रहेको जनाएको छ ।

सुदूरपश्चिमको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै चिसो बढेको छ । बुधबार प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको भू–भाग, बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।