Rumpum Advertisement

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर, ३ मंसिर । पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका– १ स्थित भित्री सडकखण्डमा लु ४ त २३६० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भइ सडकबाट २० मिटर तल झरेको थियो ।

ट्याक्टर खस्दा चालक संखुवासभा मुडे शनिश्चरे बस्ने २४ वर्षीय थलबहादुर गुरुङ र ट्याक्टरमा सवार भोजपुर दिङला बस्ने ३३ वर्षीय आकाश सुनुवार घाइते भएका थिए ।

दुबैलाई जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । उपचारका क्रममा ट्याक्टर चालक गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ