Rumpum Advertisement
Dazzu

प्रदेश १ मा १७६ को पीसीआर जाँच, ५६ को रिपोर्ट पोजेटिभ

प्रदेश १ मा १७६ को पीसीआर जाँच, ५६ को रिपोर्ट पोजेटिभ

विराटनगर, ३ मंसिर । प्रदेश १ मा १७६ जनाको पीसीआर जाँच गर्दा ५६ जनाको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार ७४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८६८ पुगेको छ ।

मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४ जनामा कोरोना पुष्टि भएको छ । झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१मा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ