Rumpum Advertisement
Dazzu

जर्मनीमाथि स्पेनको सानदार जित,टोरेस ह्याट्रिक

जर्मनीमाथि स्पेनको सानदार जित,टोरेस ह्याट्रिक

विराटनगर, ३ मंसिर । स्पेनले जर्मनी माथि सानदार जित निकालेको छ । यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६–० को जित दर्ता गरेको हो ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले समान १–१ गोल गरे । खेलको पहिलो हाफमा स्पेन ३–० ले अघि थियो । जीतसँगै स्पेन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको १७ औं मिनेटमा फाबियन रुइजको कर्नरमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ३३ औं मिनेटमा फेरान टोरेसले गोल गरे । उनले ३३, ५५ र ७१ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

खेलको ३८ औं मिनेटमा स्पेनले ३–० को अग्रता बनायो । ३८ औं मिनेटमा रोड्रीले गोल गरे ।

८९ औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६–० को स्थीतिमा पुर्याए ।

जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोडेको छ । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक जोडेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ