Rumpum Advertisement
Dazzu

एकै दिन पाँचलाख ४४ हजार संक्रमित थपिए, दश हजारले ज्यान गुमाए

एकै दिन पाँचलाख ४४ हजार संक्रमित थपिए, दश हजारले ज्यान गुमाए

विराटनगर,३ मंसिर । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५ लाख ४४ हजार कोरोना संक्रमित थपिएका छन् ।

विश्वमा संक्रमण ब्यापक बनेको अवस्थामा एकै दिन ५ लाख ४४ हजार ७८४ जना संक्रमित थपिएका हुन । सोही अवधीमा १० हजार ६०३ जना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै विश्वमा संक्रमितको संख्या पाँच करोड ५९ लाख ३२ हजार पुगेको छ । मृतकको संख्या १३ लाख ४२ हजार ९२८ पुगेको छ ।

महामारीको केन्द्रविन्दुमा रहेको अमेरिकामा एकै दिन एक लाख ५५ हजार कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय जनाको मृत्यु भएको छ । वल्डोटिरको तथ्याङक अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड १६ लाख ९४ हजार पुगेको छ । २ लाख ५४ हजारको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार थपिएका छन् । भारतमा संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ । भारतमा १ लाख ३१ हजारको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा ३५ हजार,फ्रान्समा १४ हजार, रसियामा २२ हजार, स्पेनमा १३ हजार, बेलायतमा २० हजार र इटालीमा ३२ हजार कोरोना संक्रमित थपिएका छन् ।