Rumpum Advertisement
Dazzu

दोस्रो खेलमा बंगलादेशसँग नेपालको बराबरी

दोस्रो खेलमा बंगलादेशसँग नेपालको बराबरी

विराटनगर, २ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत बंगलादेशसँग दोस्रो खेलमा नेपालले बराबरी खेलेकाे छ ।

बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा दुवै हाफ गोलरहित बराबरीमा सकिएकाे हो ।

बंगलादेशविरुद्ध नेपालले निकै आक्रामक प्रदर्शन गरेको थियो । खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

बंगलादेशले भने दोस्रो खेलमा उत्कृष्ट आक्रमण गर्न सकेन ।

यससँगै ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको उपाधि बंगलादेशले जितेकाे छ । यसअघि पहिलो खेलमा बंगलादेशले नेपालमाथि २–० गोलको जित निकालेकाे थियो ।