Rumpum Advertisement
Dazzu

संक्रमणको क्रममा पहिलो दिनदेखि १७औं दिनसम्मको लक्षणको टाइमलाइन

संक्रमणको क्रममा पहिलो दिनदेखि १७औं दिनसम्मको लक्षणको टाइमलाइन

विराटनगर, २ मंसिर । कोरोना भाइरसले निम्त्याउने जोखिमहरूबारे सबै सजग भएका छौं । तर, संक्रमणको क्रममा लक्षणको टाइमलाइनलाई पनि बुझ्नु महत्वपूर्ण हुन्छ ।

वुहान विश्वविद्यालयको झोन्गान अस्पतालका अन्वेषकहरूले हालसालै गरेको अध्ययनअनुसार १४ सय संक्रमितमा एकै प्रकारको लक्षण पत्ता लागेको थियो ।

अनुसन्धानले देखाएअनुसार ९९ प्रतिशत बिरामीले उच्च तापमान विकास गरे, जबकि, आधाभन्दा बढीले थकान र सुख्खा खोकीले अनुभव गरे । लगभग एक तिहाईमा मांसपेशी दुख्ने र सास फेर्न कठिनाई भएको रिपोर्ट गरिएको छ ।

कोभिड १९को लक्षण समयरेखा यसप्रकार रहेको छ, जसमा कोही निको हुन सक्छन् वा समयको साथ स्वास्थ थप बिग्रन सक्छ ।

पहिलो दिन: कोरोना भाइरसको पहिलो लक्षण सामान्यतया ज्वरोको रूपमा देखा पर्दछ । केहीले मांसपेशी दुख्ने र सुख्खा खोकी अनुभव गर्न सक्छन् । निकै कममा एक/दुई दिनअघि पखाला वा वाकवाकी लाग्ने समस्या हुन सक्छ ।

५औं दिन: संक्रमित छातीको दुखाई र सास फेर्नबाट पीडित हुन सक्छन् । विशेषगरी वृद्ध वा स्वास्थ्य समस्या भएकालाई गाह्रो हुन सक्छ ।

७औं दिन: वुहान विश्वविद्यालय अध्ययनका अनुसार ७ दिनका बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्छ वा घरमै आइसोलेशनमा राख्न सकिन्छ ।

८औं दिन: यस दिन गम्भीर संक्रमितले तीव्र श्वासप्रश्वासको समस्या विकसित गर्दछन् ।

१०औ दिन: यदि, लक्षण १० दिनमा बढ्दोक्रममा छ भने यो समय बिरामी आईसीयूमा भर्ना हुने बढी सम्भावना हुन्छ । यी बिरामीलाई सम्भवतः हल्का संक्रमण भएको बिरामीभन्दा बढी पेट दुख्ने र भोक हराउने हुन सक्छ।

१७औं दिन: सामान्यतयाः यस दिन निको हुने वा हल्का लक्षण भएका व्यक्ति अस्पतालबाट डिस्चार्ज गरिन्छ ।

वैज्ञानिक तथा चिकित्सा अनुसन्धानकर्ता अझै पनि प्रभावकारी खोपको विकास गर्नको लागि लागिपरेका छन् ।

हामी आफैँ पनि सतर्क रहेर भाइरसको फैलावट रोक्नको लागि विभिन्न सावधानीका उपाय अपनाउनुपर्छ ।

यसबाहेक, आफू संक्रमित भएको महशूस भएमा वा केही लक्षण देखा पर्न थाले तुरुन्त परीक्षण गराइ कम्तिमा दुई हप्तासम्म आइसोलेशनमा बस्नुपर्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ