Rumpum Advertisement

डब्ल्यूएचओका ६५ कर्मचारीमा कोरोना संक्रमण

डब्ल्यूएचओका ६५ कर्मचारीमा कोरोना संक्रमण

विराटनगर, २ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना महामारी फैलिएदेखि हालसम्म संगठनका ६५ जनामा संक्रमण देखिएको सोमबार संगठनका अधिकारीहरूले जानकारी दिएका हुन् ।

संक्रमित हुनेहरू सबै संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेका छन् । संगठनका केही कर्मचारी घरबाटै काम गर्दा र केही कर्मचारी फिल्डमा काम गरेका बेला सङ्क्रमित भएको जनाइएको छ ।

कोरोना पुष्टि भएका सबैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएको छ । त्यसैगरी उनीहरूसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि गरिएको डब्लुएचओले जनाएको छ ।

विश्वव्यापीरूपमा फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका खेल्दै आइरहेको अन्तर्राष्ट्रिय संस्थाका कर्मचारी नै सङ्क्रमित हुनुलाई अर्थपूर्ण रूपमा लिने गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ