Rumpum Advertisement
Dazzu

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी

विराटनगर, २ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले नेपालले बंगलादेशसँग दोस्रो खेल खेलिरहेकाे छ । बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा जारी खेलकाे पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा नै नेपालले कर्नरको माैका पाएकाे थियो ।

खेलको १८औं मिनेटमा नै नेपालले खेलाडी परिवर्तन गरेको थियो । प्रशिक्षक बालगोपाल महर्जनले कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठलाई मैदान प्रवेश गराएका थिए ।

खेलकाे ३२औं मिनेटमा नेपालले दोस्रोपल्ट कर्नर पाएको थियो । एरिक विष्टले प्रहार गरेको सो कर्नरमा अनन्त तामाङले हेडमार्फत गोलको दिशा दिन खोजेका थिए । तर, उनकाे हेडिङ गोलमा परिणत हुन सकेन ।

यस खेलबाट रजिन धिमालले मैदान फर्किएका छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोनामुक्त भइसकेका छन् ।

यस खेलमा नेपाल घरेलु टोलीमाथि बदला लिने दाउमा छ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० गोलको हार ब्यहोरेको थियो । यसैगरी ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको दोस्रो खेलमा नेपाल जित निकाल्ने योजनामा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ