Rumpum Advertisement
Dazzu

झापामा आगलागीबाट सात वर्षीया बालिकाको मृत्यु, नाै लाख बढीको क्षति

झापामा आगलागीबाट सात वर्षीया बालिकाको मृत्यु, नाै लाख बढीको क्षति

झापा, २ मंसिर । झापाको कमल गाउँपालिकामा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ ।

कमल गाउँपालिका-२ निवासी रामबहादुर परियारको घरमा सोमबार राति ९ बजे आगलागी हुँदा ७ वर्षीय छोरी निरुता परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पण्डितका अनुसार तिहारमा बाल्ने झिलिमिली बत्तीको लाइन सर्ट भएर आगलागी भएको हो ।

आगलागीका कारण घरमा भएको अन्नपात तथा लत्ताकपडा जलेर नष्ट भएका छन् । यसका साथै भाइटीकालगत्तै विदेश उड्नका लागि जोहो गरेको १ लाख रुपैयाँसहित ९ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।