Rumpum Advertisement
Dazzu

फ्रान्स र स्वीडेन भिड्दै, एम्बाप्पे मैदान फर्किन सक्ने

फ्रान्स र स्वीडेन भिड्दै, एम्बाप्पे मैदान फर्किन सक्ने

विराटनगर, २ मंसिर । यूईएफए नेशन्स लिगमा आज फ्रान्स र स्वीडेनले प्रतिस्पर्धामा छन् । फ्रान्सको घरेलु मैदानमा हुने सो खेल राति १ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा फ्रान्स स्विडेनलाई हराएर समूह चरणको सुखद अन्त्य गर्न चाहन्छ । फ्रान्सले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

फ्रान्स १३ अंकसहित लिग ‘ए’ समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ भने स्वीडेन ३ अंकका साथ पुछारमा छ । स्वीडेन फ्रान्सविरुद्ध जित निकाल्दै रेलिगेसनबाट बच्न चाहन्छ ।

यस खेलबाट फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे मैदान फर्किन सक्ने सम्भावना छ । चोटका कारण एम्बाप्पेले पोर्चुगलसँगको खेल गुमाएका थिए । सो खेल फ्रान्सले १–० गोलले जितेको थियो ।

एम्बाप्पेले सोमबारबाट प्रशिक्षण थालेका छन् । उनी व्यक्तिगत प्रशिक्षणमा फर्किएसँगै उनी मैदान फर्किने सम्भावना बढेकाे हो ।

यसैगरी सोही समूहका पोर्चुगल र क्रोएशिया पनि आजै हुने अर्को खेलमा आमने–सामने हुँदैछन् । राति १ः३० बजेबाट सुरु हुने यस खेल क्रोएशियाको मैदानमा हुनेछ ।

क्रोएशिया पोर्चुगलविरुद्ध बदला लिने दाउमा हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले क्रोएशियामाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको थियो ।

पोर्चुगल १० अंकसहित दोस्रो स्थानमा छ । उसले पाँच खेल खेलेको छ । क्रोएशिया भने ३ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ