Rumpum Advertisement
Dazzu

जीवनकालको करिब नौ वर्ष फोनमा बिताइने

जीवनकालको करिब नौ वर्ष फोनमा बिताइने

विराटनगर, २ मंसिर । हामीमध्ये धेरैले मोबाइल फोनमा धेरै समय बिताउने गरेको स्वीकार्य गर्न सक्छन् ।

हालै गरिएको एक अध्ययनले कति समय हामी हाम्रो स्क्रिनमा समय बिताउँछौ भनेर पत्ता लगाएको छ । मोबाइल तुलना साइट व्हिसलआउटको रिपोर्टअनुसार, औसत अमेरिकीले आफ्नो जीवनकालमा करिब नौ वर्षको समय फोनमा बिताउने गर्छन् । यो अचम्मको कुरा भने होइन, अध्ययनका अनुसार हजारौं मानिसले दिनको ३.७ घण्टा समय स्क्रिनमा बिताउने गर्छन् ।

सन् १९६५ देखि १९८० सम्म जन्मेकाले फोनमा दिनको तीन घण्टा खर्च गर्छन्, भने सन् १९४६ देखि १९६४ मा जन्मेकाले करिब २.५ घण्टा समय मोबाइलमा खर्च गर्छन् । कोरोना भाइरस महामारीले मानिसलाई घरमा राखेर धेरैजसो काम अनलाइनमार्फत् गर्न बध्य बनाएको छ । पहिलेको तुलनामा भाइरसले निम्त्याएको लकडाउनमा मानिसहरूले आफ्नो फोन र ल्यापटपमा बढी समय बिताएका छन् ।

तर, फोन हाम्रो जीवनको एक महत्वपूर्ण साधन बनेको बेला ‘टेक एडिक्सन’ केही समयदेखिकै समस्या भइरहेको छ । वर्षौंसम्म गरिएको सर्वेक्षणले अमेरिकीहरू फोनमा पहिलेभन्दा बढी समय खर्च गरिरहेका छन् र खर्च गरेको समय घटाउन संघर्ष गरिरहेका छन् ।