Rumpum Advertisement

आज थप ५०२ जनामा कोरोना संक्रमण

आज थप ५०२ जनामा कोरोना संक्रमण

विराटनगर, २ मंसिर । नेपालमा मंगलबार थप ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ९८६ रहेको छ ।

मंगलबार थप २८ सय ७८ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ ।

यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ