Rumpum Advertisement
Dazzu

बंगलादेशविरुद्ध खेल्ने नेपालीको सुरुआती ११ सार्वजनिक, रञ्जित टोलीमा फर्किए

बंगलादेशविरुद्ध खेल्ने नेपालीको सुरुआती ११ सार्वजनिक, रञ्जित टोलीमा फर्किए

विराटनगर, २ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत अहिले नेपालले बंगलादेशसँग दोस्रो खेल खेल्न लागेको छ ।

बंगलादेशको ढाकास्थित बंगबन्ध रंगशालामा हुन लागेको सो खेलका लागि नेपालले सुरुआती ११ सार्वजनिक गरेको छ ।

जसमा, रजिन धिमालले पनि स्थान बनाएका छन् । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोनामुक्त भइसकेका छन् ।

भरत खवासको कप्तानीमा रहेकाे टाेलीमा रञ्जितका साथै अनन्त तामाङ, विकास खवास, छिरिङ गुरुङ, तेज तामाङ, एरिक विष्ट, दर्शन गुरुङ, सुजल श्रेष्ठ, अञ्जन विष्ट छन् । यस्तै गाेलकिपरमा किरण चेमजाेङ रहेका छन् ।

यस खेलमा नेपाल घरेलु टोलीमाथि बदला लिने दाउमा छ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग २–० गोलको हार ब्यहोरेको थियो । यसैगरी ‘मुजिव बर्सो सिरिज’ नाम दिइएको यस प्रतियोगिताको दोस्रो खेलमा नेपाल जित निकाल्ने योजनामा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ