Rumpum Advertisement
Dazzu

नेपालमा ‘डान्स मास्टर लिटल चाम्स’ हुने

नेपालमा ‘डान्स मास्टर लिटल चाम्स’ हुने

विराटनगर, २ मंसिर । नेपालमा डान्स रियालिटी शो ‘डान्स मास्टर लिटल चाम्स’ हुने भएको छ ।

कमेडी च्याम्पियन पहिलो सिजनले सफलता पाएसँगै यही टिमले ‘डान्स मास्टर लिटल चाम्स’ ल्याउने भएको हो । विशाल भण्डारीको निर्देशनमा सुरु हुन लागेको शोमा १५ वर्षमुनिका बालबालिकाले भाग लिन पाउने छन् । थ्री–प्रोडक्सन र नेपा प्रोडक्सनको संयुक्त लगानीमा सुरु हुन लागेको शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने छ ।

३२ वटा एपिसोड हुने शोमा तीनजना जजहरु हुनेछन् भने एकजना सुपर जज रहने बताइएको छ । सुपरजजमा भने नेपाली नायिकासँग कुरा भइरहेको छ । अन्य तीन जजमा भारतमा रहेका नेपाली डान्सर हुने बताइए पनि को हुनेछन् त्यसबारेमा केही जानकारी दिइएको छैन ।

डान्स मास्टर लिटल चाम्सको विजेताले २५ लाख पाउने छन् । त्यस्तै, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार उक्त रकमलाई आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत बाँड्नु पर्ने हुन्छ । हाल विशाल यतिबेला कमेडी च्याम्पियन सिजन दुईको तयारीमा छन् । कमेडी च्याम्पियन सिजन २ सकिएसँगै डान्सको रियालिटी शो सुरु हुने छ ।