Rumpum Advertisement
Dazzu

स्पेनलाई जर्मनीको चुनौती

स्पेनलाई जर्मनीको चुनौती

विराटनगर, २ मंसिर । यूईएफ नेशन्स लिगमा आज स्पेन र जर्मनीले खेल्दैछन् । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने सो खेल स्पेनको मैदानमा हुँदैछ ।

स्टेडियो डी ला कार्टुजामा हुने यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

स्पेन लिग ‘ए’ समूह ‘डी’मा ८ अंकसहित दोस्रो स्थानमा हुँदा जर्मनी ९ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि पहिलो भेटमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

सोही समूहका युक्रेन र स्वीट्जरल्याण्ड पनि प्रतिस्पर्धामा छन् । स्वीट्जरल्याण्डको मैदानमा हुने यस खेल पनि राति १ः३० बजे नै हुनेछ । युक्रेन ६ अंकसहित तेस्रो स्थानमा रहँदा ३ अंक भएको स्वीट्जरल्याण्ड पुछारमा छ ।