Rumpum Advertisement
Dazzu

यी हुन् पेटको बोसो बढाउने खाजा

यी हुन् पेटको बोसो बढाउने खाजा

विराटनगर, २ मंसिर । गलत खाजा तौल बढाउनका लागि जिम्मेवार हुन्छ ।

पेस्ट्रीको एक पिस वा चिप्सको एक प्याकेट हानिरहित देखिन्छ, तर, लामो समयमा, यसले तौल घटाउने लक्ष्यलाई तोडेर पेटको बोसो थप्न सक्छ । पेटको बोसो बढाउने खाजा यसप्रकार छन् :

आलुको चिप्स : आलुको चिप्स सबैलाई मनपर्ने हुन्छ । आलुको चिप्स खानु वास्तवमै लत लागेको जस्तो हुने हुँदा एकदम थोरै खानु लगभग असम्भव हुन्छ । यसबाहेक, आलु चिप्स नुनले भरिएका हुन्छन्, जसले शरीरको पानी सोचेर लिन्छ । आलु चिप्सको अत्यधिक सेवनले अतिरिक्त तौल बढाउनुका साथै विशेष गरी पेटको बोसो बढाउने गर्छ ।

सिरियल : सिरियल एक सजिलो बिहानको ब्रेकफास्ट विकल्पजस्तो लाग्न सक्छ, तर यो सबभन्दा स्वस्थ विकल्प भने होइन । प्रायः सिरियल चिनीले भरिएको हुन्छ । अध्ययन अनुसार बिहानको खाजामा कर्नफ्लेक्स खाने व्यक्तिको तुलनामा ओट्स खाने व्यक्ति लामो समयसम्म फूर्तिलो र पेट भरेको जस्तो अनुभव गर्छन् ।

फलफूलको जुस : फलफूलको रस स्वास्थ्यकर पेय लाग्न सक्छ, तर वास्तविकतामा यो विपरित हो । फलफूलको रस एक गुलियो पेयपदार्थ हो । सय प्रतिशत सुगर फ्री भनिने जुसमा पनि अत्यधिक चिनीको मात्रा हुन्छ । फलफूलको रसले खनिज र भिटामिन प्रदान गर्छ । तर, यसमा रहेको फ्रुक्टोजले इन्सुलिन प्रतिरोध क्षमता र पेटको बोसो बढाउने गर्छ ।

रक्सी : धेरै मदिराको सेवनले सुन्निने समस्या, कलेजो रोग र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । अध्ययनका अनुसार रक्सीले फ्याट बर्न गर्ने प्रक्रियालाई ढिला गरी अधिक क्यालोरी पेटको बोसोको रूपमा भण्डार गरेर राख्छ, जसकारण पेटको बोसो बढ्न जान्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ