Rumpum Advertisement
Dazzu

पोर्चुगल र क्राएशिया भिड्दै

पोर्चुगल र क्राएशिया भिड्दै

विराटनगर, २ मंसिर । यूईएफए नेशन्स लिगमा साविक विजेता पोर्चुगल र क्रोएशिया आमने–सामने हुँदैछन् । नेपाली समयानुसार राति १ः३० बजेबाट सुरु हुने खेलमा पोर्चुगल र क्रोएशियासले खेल्न लागेका हुन् ।

क्रोएशियाको मैदानमा भएको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । क्रोएशिया पोर्चुगलविरुद्ध बदला लिने दाउमा हुनेछ । यसअघि समूह चरणको पहिलो खेलमा पोर्चुगलले क्रोएशियामाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको थियो ।

लिग ‘ए’ समूह ‘सी’ मा पोर्चुगल १० अंकसहित दोस्रो स्थानमा छ । उसले पाँच खेल खेलेको छ । क्रोएशिया भने ३ अंकका साथ तेस्रो स्थानमा छ ।

सोही समूहका फ्रान्स र स्वीडेन पनि प्रतिस्पर्धामा छन् । फ्रान्सले घरेलु मैदानमा हुने सो खेल राति १ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा फ्रान्स स्विडेनलाई हराएर समूह चरणको सुखद अन्त्य गर्न चाहन्छ ।

फ्रान्सले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । फ्रान्सको १३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने स्वीडेन ३ अंकका साथ पुछारमा छ । स्वीडेन फ्रान्सविरुद्ध जित निकाल्दै रेलिगेसनबाट बच्न चाहन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ