Rumpum Advertisement
Dazzu

दुई लाख नगदसहित सात जुवाडे पक्राउ

दुई लाख नगदसहित सात जुवाडे पक्राउ

विराटनगर, २ मंसिर । मोरङ प्रहरीले तिहारको समयमा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ ।

लेटाङ–२, जाँतेमा श्वेता मगरको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई सोमबार राति २ बजे नगद एक लाख ८८ हजारसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ पर्नेमा लेटाङ–९, जाँतेका ४५ वर्षीय दधिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जीत गजमेर, ५२ वर्षीय नरध्वज खड्का, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय सिरीकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ गापा–३ का यमकुमार शेर्पा छन् ।

प्रहरीले उनीहरुको साथबाट नगदसहित कौडा १ सेट, तास छ बुक र १६ थान मोबाइलसमेत बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ