Rumpum Advertisement
Dazzu

अक्षयले गरे नयाँ फिल्म ‘राम सेतु’को घोषणा

अक्षयले गरे नयाँ फिल्म ‘राम सेतु’को घोषणा

विराटनगर, २ मंसिर । बलिउडका चर्चित अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् ।

तिहारको अवसर पारेर फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै अक्षयले फिल्म ‘राम सेतु’को ट्विटरमार्फत् घोषणा गरेका हुन् । फिल्मको फस्टलुकमा अक्षय भगवान रामको तस्वीरअगाडि उभिएको देख्न सकिन्छ । अभिषेक शर्माले निर्देशन गर्ने फिल्मलाई अरुणा भाटिया र विक्रम मल्होत्राले निर्माण गर्ने छन् ।

फिल्मको घोषणा गर्दै अक्षयले भारतको आदर्श र महानायक भगवान श्रीरामको स्मृतिलाई युगौंयुगसम्म भारतको चेतनामा सुरक्षित राख्नका लागि यस्तो एउटा सेतु (पुल) बनाउने तयारीमा छौं, जसले भावी पिँढीलाई रामसँग जोडेर राख्नेछ भनेर लेखेका छन् । फिल्मको अन्य कलाकारको बारेमा भने केही जानकारी गराइएको छैन ।

अक्षयले जनैपूर्णिमाको दिन फिल्म ‘रक्षा बन्धन’को घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ