Rumpum Advertisement

जाडोको मौसममा तौल कम गर्न यो भिटामिन आवश्यक

जाडोको मौसममा तौल कम गर्न यो भिटामिन आवश्यक

विराटनगर, २ मंसिर । जाडोको मौसममा धेरै भोक लाग्ने हुँदा तौल कम गर्न गाह्रो हुन्छ ।

बाहिर चिसोका कारण निस्कन मन नलाग्ने हुँदा अल्छीका कारण भोक बढाउने गर्छ । जसकारण तौल बढ्ने सम्भावना धेरै रहन्छ । तर, अध्ययनका अनुसार एक भिटामिन छ जसले जाडो मौसममा फ्याटलाई उत्पादन गर्ने प्रक्रियालाई उत्प्रेरित गर्न सक्छ । आणविक मेटाबोलिज्ममा हालसालै प्रकाशित गरिएको एक अध्ययनअनुसार भिटामिन एले बोसो बर्न गर्ने प्रक्रिया अर्थात् ‘ब्राउनिङ’ लाई उत्प्रेरित गर्छ ।

ब्राउनिङले सेतो फ्याट टिस्युहरू (पेट, तिग्रा र हिपमा जम्मा भएको बढी क्यालोरी) लाई ब्राउन फ्याट टिस्युमा रूपान्तरण गर्छ । ब्राउन फ्याट टिस्यू शरीरमा फ्याटको १० प्रतिशतभन्दा कम हुन्छन् र जसले ऊर्जा बर्न गरेर शरीरमा तातो उत्पादन गर्न मद्दत गर्छ । अध्ययनमा मुसा र मानवलाई मध्यम चिसो तापक्रमको अधिनमा राखेर भिटामिन एको सीरम स्तर मूल्याकंन गरियो ।

अध्ययनअनुसार चिसोले कलेजोबाट भिटामिन एको पुनर्वितरण फ्याटी टिस्युतर्फ उत्प्रेरित गरेर ब्राउनिङमा परिणत गर्छ र परिणामस्वरूप अधिक फ्याट बर्न हुन्छ । अन्य धेरै अध्ययनले भिटामिन एको कमी तौल बढ्नसक्ने तथ्यसँग जोडिएको प्रमाणित गरेको छ । दैनिक खानामा भिटामिन एको सेवनले तौल घटाउन सक्छ ।

भिटामिन एमा समृद्ध केही सामान्य खानामा आलु, गाँजर, टुना, फर्सी, पालुंगो, गुलियो आलु, हरियो साग र ब्रोकाउली समावेश छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ