Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणबाट बाँकेमा ७४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा ७४ जनाको मृत्यु

बाँके, २ मंसिर । बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् ।

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिए । रासस