Rumpum Advertisement
Dazzu

उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

विराटनगर,२ मंसिर । पश्चीमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको हो ।

पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।