Rumpum Advertisement
Dazzu

आइसोलेसनमा संक्रमितको भाइटीका

आइसोलेसनमा संक्रमितको भाइटीका

विराटनगर, २ मंसिर । कोरोना संक्रमितले आइसोलेसनमा तिहारको भाइटीका लगाएका छन् । इटहरी उपमहानगरद्वारा सञ्चालित इटहरी आइसोलेसनमा सामुहिक भाइटीका लगाइएको हो ।

आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यहीँ रहेकी एकजना संक्रमित महिलाले टीका लगाइदिइन् ।

११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिइन् ।
टीका, माला, सेलरोटी, फलफूललगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुगेकी थिइन् ।

संक्रमितहरुले वर्ष दिनको चाडवाडमा आइसोलेसनमा रहँदा पनि टीका लगाउने अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् । स्वास्थ्यकर्मी शिवकुमार मण्डलले भने, ‘उपमेयर गौतमलाई म्याम भन्ने गरेको थिएँ, टीका लगाएर अब उहाँले भाइ बनाउनुभयो, अब म दिदी भन्छु ।’

वर्षदिनको चाडवाडका बेला संक्रमित भएर घर परिवारभन्दा टाढा वस्नुपर्दा र उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनी खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले बताइन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ