Rumpum Advertisement
Dazzu

स्वारेजलाई कोरोना संक्रमण, ब्राजिल र बार्सिलोनासँगको खेल गुमाउने

स्वारेजलाई कोरोना संक्रमण, ब्राजिल र बार्सिलोनासँगको खेल गुमाउने

विराटनगर, २ मंसिर । उरुग्वेका फरवार्ड लुइस स्वारेजलाई कोरोना भाइरस संक्रमण भएको छ । विश्वकप छनौट खेलका लागि राष्ट्रिय टोलीमा रहेका स्वारेजलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उरुग्वे फुटबल संघले स्वारेजलाई कोरोना पुष्टि भएको जनाएको हो । यससँगै स्वारेजले ब्राजिलसँगको खेल गुमाउनेछन् ।

सन् २०२२ मा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत उरुग्वेले ब्राजिलसँग खेल्दैछ । बुधबार बिहान बिहान ४ः४५ बजे हुने सो खेल उरुग्वेको मैदानमा हुनेछ ।

यसगरी उनले ला लिगाअन्तर्गत बार्सिलोनासँगको खेल गुमाउनेछन् । नोभेम्बर २१ मा हुने यस खेल एथ्लेटिकोको मैदानमा हुनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ