Rumpum Advertisement
Dazzu

धरानमा कोरोना संक्रमणका कारण २० र ३८ वर्षीय महिलाको मृत्यु

धरानमा कोरोना संक्रमणका कारण २० र ३८ वर्षीय महिलाको मृत्यु

विराटनगर,१ मंसिर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीकी ३८ वर्षीय महिला र तेह्रथुमकी २० वर्षीय महिलाको मृत्यु भएको हो ।

दिर्घ रोगको समस्या नभएकी सुनसरीको बराह नगरपालिका– ८ की ३८ वर्षीय महिलालाई सोमबार नै कोरोना पोजेटिभ देखिएको थियो । सोमबार नै भर्ना भएकी महिलाको बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आषिश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै तेह्रथुमकी २० वर्षीय महिलाको पनि सोमबार मृत्यु भएको छ । महिलालाई आइतबार कोरोना पोजेटिभ देखिएको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएकाे हो । मृतक महिलामा पनि दिर्घ राेगकाे समस्या थिएन् ।