Rumpum Advertisement
Dazzu

के निन्र्दाथल्स जाति हाम्रा पूर्वजहरुसँग युद्धमा गए ?

के निन्र्दाथल्स जाति हाम्रा पूर्वजहरुसँग युद्धमा गए ?

विराटनगर, १ मंसिर । करिब ६ लाख वर्ष पहिले, मानव जाति दुई भागमा विभाजित भए । एउटा समूह हाम्रो जातिमा विकास हुँदै अफ्रिकामा बसोबास गर्‍यो । अर्को जातिले स्थलमार्गवाट एशिया र युरोपमा आक्रमण गरे र यिनीहरु होमो नेन्दरथलेन्सिस अर्थात् निन्र्दाथल बने । थोरै प्रजातिको अपवादबाहेक तिनीहरु हाम्रो पुर्खाहरु थिएनन्, तर समानान्तर रुपमा नजिकको प्रजातिरुपमा क्रम विकास हुँदै गयो ।

निन्र्दाथलको बारेमा कुरा गर्दा यस विषयले सबैको ध्यानाकर्षण गर्दछ किनकि हामी को हौं र कस्तो थियौं जस्ता प्रश्नको जवाफ दिन्छ । उनीहरु प्रकृति र एकअर्कासँग शान्तरुपमा बस्ने गर्दथे, कुरा हुने सबैका लागि आकर्षणको विषय हो । यदि त्यसो हो भने हाम्रो क्षेत्रीयता, हिंसा, युद्धहरु प्राकृतिक होइनन् तर आधुनिक अविस्वकारहरु हुन जुन मानवीय कमजोरी हो ।

तथापि जीवविज्ञान र अवशेष विज्ञानले यी सबै कुराभन्दा फरक तथ्यहरु प्रस्तुत गर्दछ । निन्र्दाथल जाति एक कुशल लडाकु र खतरनाक योद्धा थिए, जो अहिलेको आधुनिक मानव बराबरका थिए ।

भूमिमा रहने जनावरहरु विशेषगरी जसले समूहमा आक्रमण गर्दछ, तिनीहरु निश्चित क्षेत्रमा बसोबास गर्दछन् । सिंह, व्वाँसो र हामो स्यापिन्सले जस्तै, निन्र्दाथल पनि समूहमा आक्रमण गर्न सिपालु हुन्छन् । उनीहरुले ल्याएर राखेको शिकारको थुप्रोमाथि सोही समूहबाट बसिरहेको हुन्छ । यसरी भण्डार गरिएको स्थानमा बढ्दो भिंडले उनीहरुबीचमा नै लडाइँ हुने गर्दछ । निन्र्दाथलले पनि यस्तै समस्याको सामना गरे– यदि अरु प्रजातिद्वारा उनीहरुको संख्या नियन्त्रण नगरिएको भए, थप द्वन्द्व बढ्दै जाने थियो ।

यस क्षेत्रीयताका सवालमा मानिसको गहिरो सम्बन्ध रहेको छ । क्षेत्रीय संघर्ष हाम्रा नजिकका जाति चिम्पान्जीहरुमा पनि तीव्ररुपमा रहेको छ । पुरुष चिम्पान्जीहरु अर्को समूहबाट आएका आफ्नै जातिलाई समूहमा आक्रमण गर्दछन् । उक्त आक्रमण मानव व्यवहारसँग मिल्दाजुल्दा हुन्छन् । यसले यही कुरा देखाउँछ कि कम्तिमा ७० वर्षअघि चिम्पान्जी र हाम्रा पुर्खाहरुमा समूहमा आक्रमण गर्ने प्रवृत्तिको क्रमिक विकास हुँदै थियो । समूहमा गरिने आक्रमक प्रवृत्तिको गुण निन्र्दाथल प्रजातिमा आएको हुन सक्छ ।

युद्ध मानवजातिको स्वाभाविक गुण हो । युद्ध आधुनिक आविष्कार होइनन्, तर हाम्रो मानवताको एक पुरानो, आधारभूत अंग हो । इतिहासमा सबै मानिसहरु लडे । हाम्रा पुराना लेखहरु सबै युद्धका कथाहरुले भरिएका छन् । पुरातत्व विज्ञानले प्राचीन किल्लाहरु र युद्धहरुको बारेमा बताउँछ र प्रागैतिहासिक नरसंहारको घटनाहरुका समयहरु धेरैपछि धकेलिएका छन् ।

युद्ध गर्नका लागि मानव जाति छन् र निन्र्दाथल पनि धेरै हदसम्म हामी जस्तै थिए । हाम्रो खप्पर र अस्तिपञ्जर बनावट उस्तै छन् र ९९.७ प्रतिशत हाम्रो डीएनए समान छ । उनीहरुले आगो बाल्न सिके, मृत शरीरलाई गाडे, समुद्री जीवको आवरण र जनावरको दाँतको गहना लगाए, मूतिकला र ढुंगाका मूर्तिहरु बनाए । यदि निन्र्दाथल प्रजातिका सिर्जनशील गुण समान छन् भने उनीहरुमा रहेको विनाशकारी प्रवृत्ति हामीमा आएको हुन पनि सक्छ ।

तर पुरातात्विक विज्ञानले पृष्टि गर्दछ कि निन्र्दाथल प्रजातिहरु शान्त स्वभावका थिए ।

निन्र्दाथलेन्सिस भालाको प्रयोगवाट हरिण, जरायो, हिमाली खसी, जंगली खसी र गैंडाको सिकार गर्न कुशल सिकारी थिए । उनीहरुमा भएको कौशलतालाई हेर्दा यो विश्वास गर्न सकिँदैन कि उनीहरुको परिवार र भूमि खतरामा पर्दा कहिल्यै पनि हतियार उठाएनन् । तर यस्ता कुराहरु सामान्य हुन् भनी पुरातत्व विज्ञानले बताउँदछ ।

प्रागैतिहासिक युद्धले केही तथ्यहरु प्रकट गर्दछ । टाउमा लाठीले हानेर मार्नु एक प्रभावकारी तरिका हो– किनकि लाठी छिटो, बलियो र सही हतियार हो– यसरी प्रागैतिहासिक मानवले खप्परमा लाठीले हान्नु उनीहरुमा भएको आघातलाई देखाउँछ । निन्र्दाथल पनि त्यस्तै स्वभावका थिए ।

त्यस समयमा हुने युद्धको अर्को चिन्ह रहेको छ, पाखुरामुनि चोट लाग्नु । अरुले प्रहार गर्दा रोक्नका लागि पाखुरा मुनिको भागलाई प्रयोग गर्थे, जसका कारणले निन्र्दाथल प्रजातिका धेरैको हात भाँचिएको हुन्थ्यो । इराकमा अवस्थित शनिदार गुफाबाट एक निन्र्दाथललाई छातिमा भालेले हानेर टाँगिएको थियो । विशेषगरी युवा निन्र्दाथल पुरुषहरुमा आघात सामान्य थियो । केही चोटहरु शिकारको समयमा लागेको हुनसक्थ्यो, तर चोटको प्रकृतिहेर्दा आफ्नो जातिभित्रभएको द्धन्द्धको कारणले भएको देख्न सकिन्छ, जुन युद्ध गुरिल्लाहरुले गरेको आक्रमण शैलीमा नियमित चलिरहको थियो ।

क्षेत्रीय सीमाको रुपमा युद्धले जटिल संकेत छाडेको हुन्छ । निन्र्दाथलहरु केवल युद्धमात्र लडेनन् तर युद्धलाई अझै बलियो बनायो र हामो स्यापिन्स अर्थात् हाम्रो जातिलाई भेटे । त्यस पश्चात उनीहरु तत्कालै मैदान छोडेर भागेनन्, तर एक लाख वर्षसम्म आधुनिक मानव विस्तारको प्रतिरोध गरिरहे ।

अब निन्र्दाथललाई आधुनिक मानवले भेटेर आफू पनि बाँच्ने र अरुलाई पनि बाँच्न दिनेबारे निर्णय गरेको हुनसक्ने यथार्थ अति न्यून छ । तर बढ्दै गएको जनसंख्याको कारणले परिवारका लागि सिकार गर्न र खाना खोज्नका लागि भूमि अतिक्रमण गर्न बाध्य भएको हुनुपर्दछ । यसका लागि आक्रमक सैन्य रणनीतिको क्रमिक विकास गर्नु महत्वपूर्ण हुन सक्थ्यो ।

तर यस्तो पनि भएको हुन सक्थ्यो, हजारौं वर्षसम्म आधुनिक मानवजातिले युद्धको अनुभव गर्नु प¥यो र हजारौं वर्षसम्म युद्धमा हार सहनुप¥यो । हतियार, निपुणता र रणनीतिमा निन्र्दाथल र आधुनिक मानिस समान हुन सक्थ्यो । सायद, निन्र्दाथलको सामरिक र रणनैतिक अवसरहरु थिए । मध्यपूर्वको भूमि, वातावरण, बोटबिरुवा र जनावरका बारेमा जानकारी लिइसकेपश्चात शहस्राब्दीका लागि उक्त क्षेत्र कब्जा गरको हुन सक्छ ।

अन्त्यमा, गतिरोध तोडियो र ज्वारभाटा फुट्यो । हामीलाई थाहा छैन किन ? तर हुनसक्छ होमो स्यापिन्सले विकसित र छरितो हतियारहरु जस्तै भाला, तीर र डण्डाहरु बनाई । उक्त हतियारहरु निन्र्दाथलको तुलनामा टाढाबाट हान्न सक्ने बनाइयो । यी बनाइएका हतियारहरु निन्र्दाथलाई हराउन वा सिकारमा सहजताका लागि बनाइएको हुन सक्छ ।

२ लाख वर्ष पहिले अफ्रिकामा प्राचीन हामो स्यापिन्स देखापरेपछि, निन्र्दाथलमाथि विजय प्राप्त गर्न १ लाख पचार हजार वर्ष लाग्यो । प्राचीन होमो स्यापिन्स निन्र्दाथलविरुद्धमा लडाइँ गर्नका लागि इस्राएल र ग्रीसमा केही समय बसोबास गरे । (बीबीसीको सहयोगमा)