Rumpum Advertisement

पत्रकार पुरीसहित आठ जुवाडे पक्राउ

पत्रकार पुरीसहित आठ जुवाडे पक्राउ

इटहरी, १ मंसिर । सुनसरी प्रहरीले इटहरीका पत्रकार धनबहादुर पुरीसहित आठजना जुवाडेलाई सुनसरीको तरहराबाट पक्राउ गरेको छ ।

आइतबार राति तरहराको रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिए । जुवाविरुद्ध अभियान थालेको सुनसरी प्रहरीले स्थानीयले दिएको सूचनाका आधारमा उनीहरुलाई नगद दुई लाख ८० हजारसहित पक्राउ गरेको थापाले बताए ।

पक्राउ पर्नेमा ३४ वर्षीय पुरीसहित इटहरी–२० तरहराका ४१ वर्षीय दिलकुमार पुरी, सोही ठाउँका २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ र भक्तबहादुर पुरी, ४९ वर्षीय नारायण गिरी, ३१ वर्षीय हरिराम बानियाँ, ३१ वर्षीय विष्णु बास्तोला छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ