Rumpum Advertisement
Dazzu

इटालीको प्राचिन सभ्यता बोकेको नगर क्याम्पेडिमेले : किन लोप भयो यहाँको संस्कृति ?

इटालीको प्राचिन सभ्यता बोकेको नगर क्याम्पेडिमेले : किन लोप भयो यहाँको संस्कृति ?

विराटनगर, १ मंसिर । सन् १९९० देखि मध्य इटालीमा अवस्थित अरुन्सी पहाडको जंगलमा क्याम्पोडाइमले नाम गरेको एउटा गाँउ छ । यस पहाडमा अवस्थित नगरले एक प्राचिन इतिहास बोकेको छ र मानिसहरूले यहीँ कुरालाई विश्वास गर्दछन् कि लामो समयसम्म यहाँ बसोबास गरिएको थियो ।

के कारणले गर्दा १०औं वा ११औ ंदशकताका मानिसहरू यस स्थानमा बसोबास गर्नथाले भन्ने बारेमा जानकारी लिनको लागि यस सानो समुदायमा धेरै वैज्ञानिक र पर्यटकहरू वर्षौंदेखि आउने गरेका छन् ।

आज पनि क्याम्पोडाइमले प्राचिन संस्कृति बोकेको शहरको रूपमा चिनिन्छ । तर यस नगरले एक प्राचिन इतिहास बोकेको भएतापनि रहस्यमय ढंगले यहाँको प्राचिन समुदाय लोप भएर गएका छन् ।

यस गाउँलाई अवलोकन गर्दा यस्तो लाग्छ कि उनीहरूको आफ्नै सफलता विनाशको कारण भएको छ । मुद्राको आगमनले यस शहरलाई ऐतिहासिक केन्द्रको रूपमा पुर्नस्थापना गर्यो, तर नयाँ परिवेशको कारणले पुराना बासिन्दाहरूलाई यहाँबाट विस्थापित गरको जस्तै देखिन्छ ।

८१ वर्षीय बेनिटो नाम गरेका स्थानीयले बताउँछन् कि उनी विगतमा आफ्ना साथीहरू, आफन्त र चिनेका व्यक्तिहरूसँग समय बिताउनको लागि आउँथे र यहाँको सुन्दरताको बारेमा बयान गर्ने गर्थे । त्यहाँ जानु उनको लागि सबैभन्दा रमणीय क्षण हुन्थ्यो, धेरै मानिस र पर्यटकहरू आउँथे । तर अहिले उनी त्यहाँ जान सक्दैनन् र यस्तो महशुस गर्दछन् कि जीवनमा रिक्तता आएको छ ।

क्याम्पोडिमेले मध्य इटालीको लातिना प्रान्तमा पर्ने एक शहर हो । यो कारस्टिक नाम गरेको ठाडो उकालो पहाडमा अवस्थित छ । क्याम्पोडिमेलेको अर्थ महको भूमि भन्ने हुन्छ र यसलाई मह उत्पादन केन्द्रको रूपमा चिनिने गर्दथ्यो ।

पछिल्लो शताब्दीको अन्त्यमा, जब यहाँ बसोबास गर्ने मानिसहरू स्वस्थ्य र जोसिला थिए भन्ने कुराहरू फैलियो, चिकित्सक, वैज्ञानिक, विश्वविद्यालयका प्राध्यापक र जिज्ञाशु पर्यटकहरूका लागि गन्तव्य स्थान बन्न पुग्यो । उनीहरूले उक्त शहरमा स्वस्थ्य रहन र लामो समयसम्म बाँच्ने गोप्य सुत्रको खोजी गर्न थाले ।

वर्षौंको अध्यनपछि उनीहरू यो निष्कर्षमा पुगे कि उक्त गाँउमा भएका मानिसहरू स्वस्थ्य रहनुको कारण समुन्द्रबाट पहाड हुँदै बहने स्वच्छ हावा, प्रदूषणरहित प्रकृति, फलफूल र सरल जीवनशैलीको सम्मिश्रण हो ।

जसरी यस स्थानको नाम प्रख्यात हुँदैगयो, यस पहाडमा रहेका प्राचिन दृष्यहरू, मोटा गोलाकार मध्यकालीन पर्खाल र पुरातात्विक धरहराहरू अन्वेषण गर्नका लागि विदेशीहरू आउन थाले । किल्लाहरूले घेरिएको गाँउमा गफ गर्दै, काठहरूमा गिँड्दै शताब्दीका नायकहरूलाई अवलोकन गर्न चाहन्थे ।

सुवासित फूलको गमला सजाईको झ्यालबाट हजुरआमाहरूले कथाहरू भन्दै, कुरा गर्दै आगन्तुक पर्यटकहरूसँग मुस्कुराउँथे । सडकमा कुखुरहरू हिँडिरहेका हुन्थे र परिवारका सदस्यहरूले तरकारीबारीमा काम गरिरहेका हुन्थे ।

बीस वर्षपछि सबैथोक बदलिएको जस्तै देखिन्छ । आज यस गाउँको कुल जनसंख्या मुस्किलले ४५० घरधुरी मात्र रहको छ । यो जनसंख्या तिस वर्ष पहिलेको आधा मात्र हो । सायद तीमध्ये केहीको मृत्यु भयो होला र केही आफ्नो नयाँ घर बनाएर शहरतिर बसाइँसराई गरे होला ।

सन् २००० मा ८० वर्ष उमेरका ८० प्रतिशत पाका मानिसहरू बसोबास गरेको रेर्कड गरिएको थियो, तर अहिले सो संख्या ६७ प्रतिशतमा झरेको छ । नजिकको शहरमा बसाइँसराई गर्ने भएका हुनाले उक्त संख्या अझ घट्न सक्छ ।

उक्त इतिहास बोकेको नगर, शहरी जीवनको क्रमिक विकास भएसँगै छ बयोवृद्धसहित केही परिवारहरू मात्र बसोबास गरिरहेका छन् । यसरी ऐतिहासिक नगरीमा एउटा ठूलो परिवर्तन देख्न सकिन्छ । नगरका गल्लीहरू केबल तस्बिरमा मात्र सुन्दर देखिन्छन् । पुनर्संर नागरिक आवासहरू स्वच्छ र सफा छन्, जहाँ गुलाबी, पहेँलो र क्रिम रंगबाट पोतिएका फुटपात र भ्यालहरू चम्किरहेका छन् । बिग्रिएका छानाहरू मर्मत गरिएका छन् । कच्ची सडक र बिग्रिएका सिँढीहरू बनाइएका छन् ।

सय वर्ष पुगेका जंगली बृक्षहरू अझै खडा छन्, तर धेरै क्याम्डेमेलेका घरका भ्यालहरू बन्द रहेका छन् । एकताका प्राचिन बजार मानिने स्थानहरू खाली भएका छन् । गर्मी महिनाको समयमा यस नगरले पुनः एकपटक जीवन पाँउदछ जब पहिले बसोबास गरेका मानिसहरू सुन्दर दृश्य अवलोकन गर्नको लागि आउँदछन् । तर धेरैजसो यो स्थान पूर्णतथा स्थिर र अटल देखिन्छ । यहाँका सबै नियमहरू शान्त देखिन्छन् । यहाँ रहेका अवशेषहरू केवल लहरेदार बिरुवा र बार नलगाएका बगैंचाहरू छन् ।

बाँकी रहेका पाकाहरूको माझमा स्पिरिटो नाम गरेका एक बयोवृद्ध छन् । उनी म्याम्पोडिमेलेको गाउँमा आफ्नो छोरीका साथमा बस्छन् जसले आफ्नो जमिन र केही बाख्राका बच्चाहरू हेर्दै समय बिताउँदै आइरहेका छन् ।

गाउँले जीवन लगभग यहाँबाट हराइसकेको छ । उनको अनुसार गाएको सामाजिक जीवन र परम्परागत शैलीहरू लोप भइसकेको छ ।

‘मानिसहरूले अब आफ्नो भूमिको हेरचाह गर्न छोडिसकेका छन् जसले हामीलाई स्वस्थ बनाउने टमाटर, बैगुन, डल्ले खुर्सानी जस्ता ताजा सब्जीहरू उब्जनी दिन्छ । उनीहरू सुपरमार्केटमा अस्वस्थकर खाना किन रुचाउँछन् । हामीहरूले पनि धेरैजस्तो जमिनमा उब्जनी गर्न छोडिसकेका छौं, किनकि हामीले लगाएको बालीलाई बँदेलहरू आएर नास गरिदिन्छन् । अब यो काम हामी जस्तो बयोवृद्धको लागि कठिन छ,’ स्पिरिटोले भने ।

पुराना बगैंचाको अवशेषमाथि नयाँ रंगशाला निर्माण गरिएका छन् । स्थानीय संस्कृति सल्लाहकार टोमसो ग्रोसी भन्छन्, ‘घट्दो जनसंख्याको प्रवाह सबैको चिन्ताको विषय बनेको छ, जसले पुरानो संस्कृतिको प्रारम्भ हुनुभन्दा पनि यो नष्ट हुनेतर्फ अघि बढिरहेको छ ।’ उनको भनाइअनुसार प्राचिन सांस्किृतिक नगरलाई सुगम बनाउनको लागि सरकारी पैसा धेरै लगानी गरिएको छ ।

‘सबै आवासहरूलाई पुनर्र्निमाण गरी यसलाई एकरूपता दिन चाहन्छौं ताकि यसले हाम्रो मौलिक पहिचान र वास्तुकलाको अखण्डता जगेर्णा गर्न सकियोस्,’ ग्रोसीले भने ।

‘काठको चौखट र माथिल्लो तलामा भएका रेलिङहरू समान छन् र विद्युतीय र फोनका तारहरू भूमिगत गरिएका छन् । जब, नयाँ पाहुनाहरू आउँछन्, उनीहरूलाई ‘लामो इतिहास बोकेको नगर’ को रूपमा परिचित गराउन चाहन्छौं ।’

यस नगरमा गाडीहरू प्रवेश गर्नको लागि अनुमति छैन र यहाँका बासिन्दाहरूले आफूलाई आवश्यक पर्ने सबैकुरा बोकेर लानुपर्ने हुन्छ । बयोवृद्धहरूको लागि आफ्नो सामान बोकेर लानु धेरै कठिन हुने गरेको छ । प्राचिन घरहरू साना छन् भने त्यहाँ रहेका नयाँ ठूला घरहरू पाका मानिसलाई स्याहार गर्ने प्रयोजनको लागि बनेको हो । क्याम्पोडिमेले जाडो महिनामा अलिक कठिन हुन्छ, किनकि सबै ठाउँ हिँउले पुरिएको हुन्छ । यस समयमा यहाँ बसोबास गर्ने पाका मानिसहरू नजिकको शहरमा रहेका आफ्नो परिवारकहाँ बस्न जान्छन् । नगरको पुरानो बस्तिमा पनि निर्माण गरिएका घरहरू क्याम्पेडिमेलेमा भएको युद्धपछि बनिएका हुन् । ती घरहरू गृष्म ऋतुमा घुम्न आउने क्याम्पोडिमेलेका वंशहरूले पछि खरिद गरेका हुन् ।