Rumpum Advertisement
Dazzu

जुम्लामा मंसिरमै हिमपात

जुम्लामा मंसिरमै हिमपात

जुम्ला, १ मंसिर । सामान्य रूपमा पुस महिनाको दोस्रो साताबाट हिमपात हुने जुम्लामा यसपालि भने मंसिरमै हिउँ परेको छ ।

आइतबार साँझबाट मौसम खराबी भएको जुम्लामा मंसिर १ गते राति साढे ३ बजेबाट वर्षासँगै हिमपात हुन सुरु भएको हो । मंसिरमै हिउँ परेपछि जुम्लामा अत्यधिक चिसो बढेको छ ।

कोरोनाका कारण प्रभावित तिहारलाई मौसमैले पनि साथ नदिएपछि चिसोमा तिहार मनाउँनु पर्दा रमाइलो नभएको तातोपानी २ का स्थानीय महिला मायादेवी दमाईले बताइन् ।

भाइलाई टीका लगाउन जान दुई महिना अघिदेखि तयारी गरेको भएपनि हिमपात हुँदा लेक काटेर जान सकिने अवस्था नभएको उनले सुनाइन् ।’ वर्षदिनको तिहारमा पनि यसवर्षको हिमपातले टीका लगाउन नपाएकोमा उनले दुःख व्यक्त गरिन् ।

उनीजस्तै जुम्लाका धेरैलाई हिमपातले तिहार खल्लो महसुस भएको छ । भौगोलिक रूपमा विकट बस्तीहरूमा एक गाउँबाट अर्को गाउँ पुग्न, २-३ लेक काट्नुपर्ने, एक दिन हिँड्नुपर्ने अवस्था छ ।

त्यस्तो विकटतामा हिउँ पर्दा हिँड्ने असहज हुने भएपछि तिहार निकै नरमाइलो भएको स्थानीय कोईर्या बुढाले बताइन् ।

यसपालि भाइटीकाकै दिन भारी हिमपात भएपछि टीका पनि प्रभावित भएको छ । तातोपानी २ का लोकबहादुर दमाईले एक गाउँदेखि अर्को गाउँ टीका लगाउन तयारी गरेका बेला हिमपातले असर गरेको बताए ।

अहिले कुनै बाली लगाई नसकेका गर्दा खास्सै मंसिरमै भएको हिमपातले कृषि उत्पादनमा टेवा नपुराउने कृषि विज्ञको भनाइ छ ।