Rumpum Advertisement
Dazzu

सुनसरीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

सुनसरीमा माइक्रो बसको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

विराटनगर, १ मंसिर । सुनसरीको बराहक्षेत्र ननगरपालिका– ५ जम्टोकी स्थित भित्री सडक खण्डमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

चतराबाट पकलीतर्फ आउदै गरेको को १ख २८५४ न को माइक्रोले बाटोक्रस गर्दै गरेको पैदलयात्री सोही स्थानका ५५ वर्षीय हिरालाल चौधरीलार्इ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाइते उनको उपचारका लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइक्रो,माइक्रो चालक २८ वर्षीय बमबहादुर चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।