Rumpum Advertisement

सामा चकेवा पर्वको तयारी सुरु

सामा चकेवा पर्वको तयारी सुरु

जनकपुरधाम, १ मंसिर । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ ।

सामा चकेवा बहिनी÷दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमासम्म मनाइन्छ ।

द्वितीया तिथिका दिन बहिनी÷दिदीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरूको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् ।

संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउछन् । उनका अनुसार भाइ बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइको बहिनी र पति पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ