Rumpum Advertisement

सावधानी अपनाएर चाडपर्व मनाउन प्रधानमन्त्रीको आह्वान

सावधानी अपनाएर चाडपर्व मनाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार पर्व तथा भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग गाँसिएका पशुपंक्षी र वनस्पतिलाई सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको उल्लेख गरे ।

तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउने विश्वास रहिआएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

प्रधानमन्त्रीले विश्वब्यापी रूपमा फैलिएको कोरोना महामारीलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर चाडपर्व मनाउनसमेत आह्वान गरे ।

महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई सरकारले अगाडि बढाइरहेको उल्लेख गर्दै प्रधामन्त्रीले सन्देशमा सिंगो देश नयाँ संविधानअनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ