Rumpum Advertisement
Dazzu

पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर मन्दिर

पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर मन्दिर

काठमाडौं, १ मंसिर । भूकम्पका कारण बन्द रहेको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुला भएको छ । भाइटीकाको दिन मन्दिर खुल्ला गरिएको हो ।

दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।

२०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गरेकी थिइन् ।